IME Life

अर्थ समितिमा बीमा विधेयकमाथिको छलफल जारी, बाँकी दफावार छलफल आइतबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयले पेश गरेको बीमा सम्बन्धी ऐन २०७५ को मस्यौदामाथि दफावार छलफल जारी छ । दफावार छलफलको क्रममा सबै दफामाथि छलफल नसकिएपछि बाँकी छलफल गर्न आगामी आइतबारको बैठक डाकिएको छ ।

शुक्रबार भएको प्रारम्भिक छलफलमा प्रस्तावित बीमा ऐनको मस्यौदामा रहेका परिच्छेद चार अन्तर्गतको दफा नं ३६ सम्मको छलफल सकिएको छ । बाँकी दफामाथि आइतबार छलफल हुनेछ ।

Prabhu
Crest

छलफलमा सांसदहरुले बीमितको अधिकारको विषयमा प्रश्न उठाए भने केही संशोधन तथा थपघट गर्ने सहमति भएको छ । मस्यौदामा रहेको क्रम नमिलेको विषय पनि उठेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राजपाका नेता महन्त ठाकुर सहभागी भएको बैठकमा बीमा कम्पनी दर्ता प्रक्रियामा छलफल भएको हो । उक्त बैठकमा डा. भट्टराईले खासै सुझाव राखेनन् भने राजपाका नेता ठाकुरले चुप लागेर कुरा सुनिमात्रै रहे ।

सरकारले बीमा नियमन एउटै ऐनमार्फत गर्ने भन्दै उद्देश्य अनुरुप संसदमा बीमा ऐन विधेयक प्रस्तुत गरेको हो । ऐनमाथि दफावार छलफल तथा नीतिगत छलफल अझै केही जारी रहने अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले इन्स्योरेन्स खवरलाई बताए । -तस्विर सौजन्यः मुकुन्द कालिकोटे

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS