काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैैंकले संग्रिला क्रमिक मुद्धती योजना सावजनिक गरेको छ । बैंकले ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने उद्देश्यले यस योजना सावजनिक गरेको हो ।
मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ । यस योजना न्यूनतम ५ सय रुपैयाँबाट सुरु गर्न सकिने बैंकले जनाएको छ ।।