काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लागि ७ सय भन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले फाल्गुण २८ गते एक सूचना प्रकाशित गरी राजपत्र अनंकिन द्धितिय श्रेणी पदका लागि कर्मचारी माग गरेको हो ।आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको छ । चैत १८ गतेसम्म अन्त्मि म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद चैत २५ गतेसम्म तोकिदिएको छ ।