काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।कम्पनीले चैत्र १२ गतेदेखि १४ गतेसम्म तीन दिने आधारभूत निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचना मार्फत जानकारी दिएको छ ।
तालिममा सहभागी हुन चाहनेहरुले चैत्र १० गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । तालिममा इच्छुक आवेदकले ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने सूचनमा उल्लेख गरेको छ ।
शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो तीन प्रति, स्थायी लेखा नम्बर लिई आवेदन दिन समेत आह्वान गरिएको छ । तालिम कम्पनीको प्रधान कार्यलय, नारायणचौर नक्सालमा हुने कम्पनीले जनाएको छ ।