काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १३ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसका लागि फागुन १२ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।
एनआइबीएल एस क्यापिटल र कम्पनीकोे सम्पूर्ण शाखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्ने भएको छ । ।