काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले व्यवसाय अभिबृद्धि तथा स्वरोजगार सृजना गर्न उद्देश्यले निर्जीवन बीमा अभिकर्ताहरुको लागि आधारभुत तालिम संचालन गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्र तालिम काठमाडौंमा आयोजना गर्न लागेको जनाएको छ । उक्त तालिम चैत १८ गतेदेखि चैत २२ गतेसम्म संचालन गर्ने जनाएको छ । उक्त तालिममा एसएलसी परिक्षा उर्तिण गरेका सहभागी हुन सक्नेछन् ।
तालिममा सहभागी हुनका लागि नागरिकता प्रमाणपत्रको फोटोकपी एक प्रति, शैक्षिक प्रमाणपत्रको फोटोकपी एक प्रति, चारित्रिक प्रमाणपत्रको फोटोकपी एक प्रति र पार्सपोर्ट साइजको फोटो २ वटा पेश गर्नुपर्ने जनाएको छ ।