काठमाडौं । दुई वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । महुली लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैंकले कर्मचारीको माग गरका हुन् । कर्णाली डेभलपमेन्ट बैंकले डिसिइओ पदका लागि दरखास्त आब्हान गरेको हो भने महुली लघुवित्तले म्यानेजर, असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर र अफिसरका लागि केही, अफिसर र असिस्टेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गथरेको जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले आफ्ना केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मार्च १३ सम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
त्यस्तै, महुली लघुवित्तमा जागिर गर्न ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।