काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो ।
कम्पनीले यसअघि २० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश परिमार्जन गरी संस्थाले २५ प्रतिशत बोनस र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।