IME Life

नयाँदिल्ली दंगामा मर्नेको संख्या २० पुग्यो, अर्बौ क्षतिको भार बीमा कम्पनीमाथि

SPIL
NIC ASIA

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा गत आईतबारदेखि भड्किएको दंगाफसादमा २० जनाको मृत्यु भएको छ भने अर्बौको क्षति पुगेको छ । प्रदर्शनकारीहरुले सयौं सवारी साधनमा आगो लगाएर खरानी बनाएका छन् भने करोडौं मूल्यका कारहरु शोरुमभित्रै जलाइएका छन् ।

भारतको सबैभन्दा ठूलो गाडी कम्पनीको मारुतीको शोरुमभित्र कैंयौं गाडीहरु जलाइएको जनाइएको छ । त्यसैगरी, प्रदर्शनकारीहरुले स्थानीय पेट्रोलपम्पमा आगजनी गर्नुका साथै सयौं पसलहरु समेत जलाएका छन् । भारतीय सञ्चार माध्यमहरुले पूर्वाग्रही तरिकाले घटनाको वास्तविकता बाहिर दिन इन्कार गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले राजधानी नयाँदिल्लीको उत्तर पूर्वी क्षेत्रमा फैलिएको दंगाफसादभित्र प्रहरी समेत छिर्न सक्ने अवस्था नरहेको जनाएको छ । मंगलबार मध्यराति आन्दोलनकारीहरुले मुख्यमन्त्री अरविन्द केजरीवालको निवासस्थानमा घेराउ गर्न पुगेका थिए । प्रहरीले लगाएको कफ्र्यु तोडेर जम्मा भएको भिडले अर्बौको भौतिक सम्पत्ति आगजनी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

नागरिकता विधेयकमा अल्पसंख्यक समुदायमाथि विभेद गरेको भन्दै जारी आन्दोलनमा सरकार समर्थित हिन्दु अतिवादीहरुले प्रतिकार गर्दा भारतको राजधानी नयाँदिल्ली दशकौंपछि पुनः हिंसाको चपेटामा परेको हो ।हिन्दुअतिवादीहरुले स्थानीय मुश्लिम समुदायमाथि गरेको अत्याचारको मारमा नेपालीहरु समेत परेका छन् । घटनामा कुनै पनि नेपाली घाइते नभएपनि सो क्षेत्रमा बसोबास गरेका १५ हजारभन्दा बढि नेपाली प्रभावित भएको जनाइएको छ ।

उता, कैयौं ठूलो औद्योगिक प्रतिष्ठान, शोरुम, विकास पूर्वाधार तथा हजारौं सवारी साधनहरुमा आगजनि गरिएको कारण अबौं रुपैयाँ बीमा दावी पर्ने देखिएको छ । हालसम्म पनि स्थिति नियन्त्रणमा आइनसकेकोल घटनामा कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन । यद्यपि भारतीय बीमा कम्पनीहरुको लागि सोमबार र मंगलबारको घटना टाउको दु्खाईको विषय बनिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS