काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ६ दशमलव ३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । फागुन २४ गते बोलाएको कम्पनीले सोमबार (फागुन १२ गते) देखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभा, लैनचौर ब्यांकेट्समा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
सभा कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर हिस्सा परिमार्जन गर्ने प्रस्ताव तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गरिने लगायतका एजेण्डाहरु हरेको छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।
हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ ।