काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १५० जना कर्मचारीको माग गरेको छ । बैंकले आफ्ना विभिन्न शाखाहरुका लागि सो संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको हो ।
बैंकले सबै प्रदेशमा रहेका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । विजनेश, फाइनान्स, म्यानेजमेन्ट अथवा एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित ब्याचलर्स डिग्री प्राप्त गरेकाहरुले सो पदका लागि आवेदन दिन सक्नेछन ।
ईच्छुक योग्य उम्मेद्वारले फागुन २१ गतेसम्म मेरोजब मार्फत आवेदन दिइसक्नुपर्ने जनाएको छ ।