IME Life

बीमा समिति कर्मचारी युनियनमा राजनीति घुस्यो, चार जनाले दिए राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा कार्यरत कर्मचारीहरुको आधिकारिक संगठन बीमा समिति कर्मचारी युनियनमा राजनीतिमा राजनीति घुसेको छ । गत मंसिर ११ गते सम्पन्न भएको साधारणसभाले पूर्ण बहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । तर, सो कार्य समितिले राम्रोसँग काम नै गर्न नपाई सो समितिका उपाध्यक्ष, सचिव तथा सदस्यलगायतका चार जनाले पदबाट राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष सुन्दर प्रसाद शर्मा, सचिव दीपक ज्ञवाली, सुनिता कुमारी कार्की, प्रिति देव र निर्मला मल्ल रहेका छन् ।

Prabhu
Crest

संस्थापन इतर समुहले भने थापा नै अल्पमतमा परेको आरोप लगाएका छन् । यद्यपि थापाले भने आफू अल्पमतमा नपरेको बरु युनियनको बिधानको दफा ११ र १२ को व्यवस्था अनुसार सुरुमा दुई जना र पछि तीन जना सदस्य मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइएको बताए । उनले युनियनको विधानले नवनिर्वाचित अध्यक्षलाई दुई जना सदस्य मनोनित गर्ने अधिकार दिएको र सोही अधिकार प्रयोग गरी दुई जना र कार्यसमितिको बैठक बसेर थप तीन जना नियुक्त गरेको बताए । सो सम्बन्धमा असन्तुष्ट पक्षले भने कानुन र विधि प्रक्रिया अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । थापाले रञ्जिता केसी, अनुराग पाण्डे, प्रदिप गौतम, राम कोजु र राजेन्द्र खतिवडालाई मनोनित गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS