काठमाडौं । नेपाली बजारमा सुनको भाउ महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य फागुन ४ गते ७६ हजार ५ सय रुपैयाँमा पुगेको छ । यसअघि गत पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएर उच्च विन्दुमा पुगेको थियो ।
सुनको मूल्य गत शुक्रबारको तुलनामा ५ सय रुपैयाँ तथा चाँदी प्रोतितोला ५ रुपैयाँले बढेको हो । गत शुक्रबार सुन प्रतितोला ७६ हजार तथा चाँदी प्रतितोला ८८० मा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चादी तोलामा ५ रुपैयाँले बढेर ८८५ पुगेको छ ।