Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सले मुनाफा बाँड्न सकेन, २४ करोड रुपैयाँ कोषमा जम्मा गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट आर्जन गरेको २४ करोड भन्दा बढि खूद नाफा वितरण नगर्ने निर्णय गरेको छ । सो बीमा कम्पनीको एनएफआरएस मापदण्डको वित्तीय विवरणका लागि कोषमा रकम कम भएपछि गत आर्थिक वर्षको सबै मुनाफा कोषमै जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल वित्तीय मान लागू गरेका कारण गत आवको मुनाफा वितरण गर्न नसकेको हो ।

Prabhu
Crest

गत माघ १५ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितको १५५ औं बैठकले आर्थिक वर्ष २०७५।०७६ को कारोबारबाट आम्दानी गरेको २४ करोड ४७ लाख ३४ हजार ३९ रुपैयाँ खूद मुनाफा यस पटक विवतरण नगर्ने र नेपाल वित्तीय प्रतिवेदन मान अनुरुपको कोषमा राख्ने निर्णय समेत गरेको हो । सोही बैठकपछि त्यसको भोलिपल्ट माघ १६ गते नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै गत आर्थिक वर्षको मुनाफा वितरण नगर्ने जानकारी गराएको देखिएकोछ ।

सिद्धार्थ इन्स्योरेन्सका कम्पनी सचिव सुदर्शन आचार्यका अनुसार बीमा समितिले लागू गरेको एनएफआरएस वित्तीय विवरण मान अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न नसकेको हो । नयाँ व्यवस्था अनुसार कतिपय बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS