IME Life

१९ जीवन बीमा कम्पनीको कोषमा दुई खर्ब ६७ अर्ब, नेपाल लाईफ पहिलो, एलआईसीको कोषमा ६१ अर्ब

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले खासै ठूलो मुनाफा आर्जन गरेको नदेखिए पनि उनीहरुले कोषमा जम्मा गरेको रकमले देशको अर्थतन्त्रमा भने ठूलो योगदान गरेको तथ्याङ्कले देखाएको छ । नेपालको बैंकिङ प्रणालीको कूल निक्षेपको झण्डै २० प्रतिशत हिस्सा बीमा क्षेत्र बनेको चालु आर्थिक वर्षको अर्धबार्षिक वित्तीय विवरणले देखाएको छ ।

चालु आवको पौष महिनासम्ममा नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले जीवन बीमा कोष, जगेडा कोष तथा महाविपत्ति कोषमा गरी कूल दुई खर्ब ६७ अर्ब ७६ करोड ६५ लाख ४८ हजार ४९९ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

Prabhu
Crest

१९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको सबैभन्दा धेरै कोषमा रकम जम्ममा गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । सो कम्पनीले ८० अर्ब ६८ करोड ४१ लाख ५३ हजार १०९ रुपैयाँ कोषमा जम्मा गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ७७ अर्ब ५९ करोड रुपैयाँ जीवन बीमा कोष संकलन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको तुलनामा ५६ अर्ब ७३ करोड रुपैयाँ जीवन बीमा कोषमा रकम संकलन गरेको छ । गत बर्षको तुलनामा ३६ दशमलव ७६ प्रतिशले कम्पनीको जीवन बीमा कोषमा वृद्धि आएको छ ।

त्यस्तैगरी, जगेडा कोषमा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जगेडा कोषमा ३० प्रतिशतले बढेको छ । कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै दोस्रो कम्पनीको रुपमा एलआईसी नेपालले पछ्याइरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६१ अर्ब ८० करोड रुपैयाँ कोषमा रकम संचित गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा ६१ अर्ब ९ करोड रुपैयाँ रकम जम्मा गर्न संचित गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ६४ करोड रुपैयाँ रकम संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष २५ प्रतिशतले बढी हो ।

जगेडा कोषमा ४५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५४ करोड ८१ लाख रुपैयाँ जम्मा गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको जगेडा कोष १३ प्रतिशतले घटेको छ । महाविपत्ति कोषमा २३ करोड ६२ लाख रुपैयाँ रकम रहेको छ भने गत बर्षको सोहि अवधिमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ३९ हजार रुपैयाँ रकम संचित रहेको थियो ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा नेशनल लाइफ इन्स्योरेन्सको कोषमा ३१ अर्ब ८ करोड रुपैँया संचिती गरेर कोषको आधारमा तेस्रो कम्पनी बन्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको बलियोपना यही कोषको आधारमा गरिने हुँदा बीमा व्यवसायको लागि कोष निकै महत्वपूर्ण मानिन्छ ।

पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड रुपैयाँ रकम संचित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष २७ प्रतिशतले बढेको छ । जगेडा कोषमा ६९ करोड ६ लाख रुपैयाँ संचित रहेको छ भने गत बर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ९५ करोड ५१ लाख रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जगेडा कोष २७ दशमलव ७० प्रतिशतले घटेको हो ।

त्यस्तै, महाविपत्ति कोषमा २४ करोड ५ लाख रुपैयाँ संचित रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको महाविपत्ति कोषमा १७ करोड ९१ लाख रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको महाविपत्ति कोषमा ३४ प्रतिशतले वृद्धि आएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले दोस्रो त्रैमासको अन्त्यसम्ममा चौथो स्थानमा छ । सो कम्पनीले २६ अर्ब २२ करोड रुपैयाँ रकम संचित गर्न सफल भएको छ ।

कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ संचि रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब २० करोड रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषमा ३५ प्रतिशतले वृद्धि भएको छ । जगेडा कोषमा २६ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जगेड कोषमा १८ करोड २४ लाख रुपैयाँ संचित रहेको थियो । संस्थानको महाविपत्ति कोषमा भने रकम छुटाएको छैन ।

नेपालमा सञ्चालित विदेशी जीवन बीमा कम्पनीको एक मात्र शाखा कार्यालय मेट लाईफ अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी पाँचौं स्थानमा रहेको छ । मेट लाईफले १९ अर्ब ८९ करोड ८२ लाख ६२ हजार रुपैयाँ जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा दाखिला गरेको छ । कम्पनीको कोष १३ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष ११ प्रतिशतले र अन्य दुई क्रमशः ३५ र ४७ प्रतिशतले बृद्धि भएको छ ।

छैटौं स्थानमा परेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १९ अर्ब ८४ करोड रुपैयाँ कोषमा रकम संकलन गर्न सफल भएको छ ।

कम्पनीको पुस मसान्तसम्ममा जीवन बीमा कोषमा १९ करोड ३१ लाख रुपैयाँ रकम संचित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १५ अर्ब १३ लाख रुपैयाँ जीवन बीमा कोषमा रकम संचित गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष २८ दशमलव ७७ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ४ करोड रुपैयाँ रकम कम्पनीको जगेडा कोषमा जम्मा भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ संचित रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको जगेडा कोष ८० प्रतिशतले बढेको छ ।

त्यस्तै, पुसमसान्तसम्ममा कम्पनीले महाविपत्ति कोषमा ५ करोड ५२ लाख रुपैयाँ रकम संचित गरेको छ । गत बर्षको तुलनामा कम्पनीको २९ प्रतिशतले बढेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ७२ हजार रुपैयाँ महाविपत्ति कोषमा रकम संचित गरेको थियो ।

कोषका आधारमा सातौं स्थानमा प्राईम लाईफ परेको छ । प्राईम लाईफले ११ अर्ब ३० करोड ९२ लाख चार हजार रुपैयाँ कोषमा जम्मा गरेको छ ।

त्यस्तै गुराँस लाईफले सात अर्ब छ करोड ४० लाख ४७ हजार रुपैयाँको कोष विस्तार गर्न सफल भएको छ । गुराँस लाईफको कोष चालु आवको छ महिनामा अघिल्लो आवको तुलनामा २५ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कोष ४३ प्रतिशतले बृद्धि भएर छ अर्ब ८८ करोडमा पुगेको छ ।

नयाँ कम्पनी युनियन लाईफले तीन वटै कोषमा चार अर्ब २३ लाख ९२ हजार २८३ रुपैयाँ पुराएको छ । त्यस्तै नयाँ कम्पनीहरु न्योति लाईफ, सिटिजन्स लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ तथा आईएमई लाईफले आफ्नो कोषको आकार एक अर्बमाथि पुर्याउन सफल भएका छन् ।

कुन कम्पनीको कोषमा कति ? हेरौं तालिका

तथ्याङ्क स्रोतः कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS