IME Life

प्रभु इन्स्योरेन्सको बीमाशुल्क आर्जन ६९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष को दोस्रोे त्रैमाससम्म ८३ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४९ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ६९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा ३२ दशमलव ५१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा १९ करोड २२ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ८ करोड ८३ लाख रुपैयाँ छुटाएको छ ।
पुस मसान्तसम्ममा कम्पनीले ४ हजार ३ सय २२ वटा बीमा दाबी वापतको १८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले समिक्षा अवधिसम्ममा ८ सय ९ वटा बीमा दाबी वापतको १४ करोड ६७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS