सुर्या लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

852

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि सोनापुर ४ का बीमीत तबरेज अलामलाई बीमा वापतको ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

उक्त बीमा वापतको रकम विराटनगर शाखाका अमित कुमार कर्ण र प्रदेश प्रमुख ,तिर्थ राज कार्कीद्धारा बीमीतलाई हस्तान्तरण गरेको हो । हाल उपचारको क्रममा रहेका बीमीत अलामले सूर्या लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।

बीमीत अलामले एक बर्ष अघि २ हजार २ सय रुपैयाँको वैदेशिक बीमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम डाइलेसिस भईरहेको प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्