निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २३ करोड २३ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २१ अर्ब २० करोड खुद मुनाफा गरेको थियो। वार्षिक प्रति शेयर आम्दानी ४३ रुपैया ९५ पैसा छ भने किताबी मूल्य २७२ रुपैया १४ पैसा छ।
१ अर्ब ५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५७ करोड ३२ लाख रकम रहेको छ भने बीमा कोषमा १ अर्ब १७ करोड रकम छ। त्यस्तै महाविपत्ति जगेडामा ७ करोड ३३ लाख रकम छ।
कम्पनीले यस अवधिमा ८२ करोड ६९ लाख कुल दावी भुक्तानी गरेकोमा ४६ करोड ९४ लाख खुद दावी भुक्तानी गरेको छ।