Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकले कमायो २५ करोड २१ लाख नाफा

IME PAY

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत वर्षको भन्दा ०.७० प्रतिशतले मात्र धेरै हो । गत वर्ष यस बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा १७ करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी पनि १६.५८ प्रतिशतले बढाएर ५८ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ५० करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

NCHL

लुम्बिनीले सञ्चालन नाफा पनि ३४ करोड ६८ लाख रुपैयाँबाट बढोत्तरी गरेर ३६ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । पुससम्ममा २३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस विकास बैंकले २३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैया रहेको लुम्बिनीले रिजर्भ कोषमा १ अर्ब १९ करोड रुपैयाँ राखेको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x