IME Life
Beema Board

२८ हजार बीमालेख बिक्री गरेर जनरल इन्स्योरेन्सले कमायो २९ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा कूल २८ हजार बीमा पोलिसी बिक्री गरी कूल २९ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले सोमबार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै एक करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । ७० करोड चुक्ता पुँजि भएको कम्पनी जगेडा कोषमा तीन करोड ४७ लाख, बीमा कोषमा तीन करोड ८५ लाख र महाविपत्ति कोषमा ३९ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको कोषहरु दोब्बर बनेका छन् । गत वर्ष तीन करोड ३८ लाख रुपैयाँ कोषमा जम्मा गरेको बीमा कम्पनीले यस वर्ष तीन वटै शिर्षकमा सात करोड ७२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा २८ हजार ६२७ वटा बीमा पोलिसी जारी गरी कम्पनीले २९ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सो अवधीमा जम्मा १८५ वटा मात्रै बीमालेख नविकरण गरिएको भने बाँकी सबै बीमा पोलिसी नयाँ हुन् । समीक्षा अवधीमा कम्पनीले सात करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कूल ५८३ बीमकलाई सो रकम दावी भुक्तानी गरेको हो । कम्पनीले लगानी तथा कर्जाबाट गरेको आम्दानी तीन करोड ४१ लाख रुपैयाँ छ ।

जनरल इन्स्योरेन्स कम्पनी प्रतिशेयर आम्दानी चार रुपैयाँ एक पैसा, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ एक पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS