काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । तीनकुनेस्थित प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा सम्पन्न बार्षिक साधारणसभाले गत आवको मुनाफाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर तथा ११.३२ प्रतिशत नगद लाभांश दिने तथा करसहित) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जनाएको छ । उक्त लाभांश अब छिट्टै शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल लगायतका एजेण्डा पारित गरेको छ ।