IME Life

सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क १७ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।

कम्पनीले पुस मसान्तसम्म्मा कम्पनीले २ जार ७ सय ४९ वटा बीमा दाबी भुक्तानी गरेको छ भने सो बापत कम्पनीले ४६ करोड ३६ लाख रुपैयाँ बीमीतहरुलाई दाबी रकम प्रदान गरेको छ ।समिक्षा अवधिमा कम्पनीको नाफा गत बर्षको तुलनामा बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेर ४८ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।कम्पनीले हालसम्म ७७ हजार ५ सय ९४ वटा बीमालेख जारी गरेको छ भने नविकरण बीमाशुल्क मार्फत कम्पनीले पुसमसान्तसम्ममा कम्पनीको १२ हजार ५ सय ६६ वटा बीमालेख नविकरण भएका छन् ।

कम्पनीले पुस मसान्तसमम्मा पुनर्बीमा कमिशनबाट १७ करोड ६७ लाख , लगानी कर्जा तथा अन्य आयबाट ४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ७५ लाख रुपैयाँ र बीमा कोषमा ७२ करोड ३२ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ९८ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS