Prabhu Life Ad Final

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा बढ्यो

IME PAY

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५१.१२ प्रतिशतले बढी हो ।

दुई अर्ब ६२ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको शेयरधनी कोषमा ८७ करोड ३५ लाख रुपैयाँ तथा जगेडा कोषमा ५३ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

NCHL

समीक्षा अवधिसम्ममा २६ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ । गत आवको तुलनामा बैंकको निक्षेप संकलन ४२ प्रतिशत र कर्जा परिचालन ५०.३१ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेके छ। यो गत आवको सोही अवधिको तुलनामा २७ करोड ६६ लाख रुपैयाले धेरै हो। गत वर्ष बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै। बैंकको सञ्चालन मुनाफा ४२ करोड ७० लाख रुपैयाँ रहेको छ। यो गत आवको तुलनामा १४ करोड ४५ लाख रुपैयाँले वृद्धि भएको हो ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x