IME Life

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिस अधिकांश सूचकमा सुधार गरेको देखिन्छ ।

यस अवधिसम्ममा बैंकले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७६ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

३ अर्ब ७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा २१ करोड १३ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ करोड ४२ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६ करोड ५० लाख रुपैयाँ बढेर ४२ करोड ७० लाख पुगेको छ ।

यस अवधिसम्ममा बैंकले ३५ अर्ब ७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २९ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा कायम भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ रुपैयाँ ९६ पैसा बढी हो । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात ९.७७ गुणा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS