Prabhu Life Ad Final

तीन वाणिज्य बैंकले मागे ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

IME PAY

काठमाडौं । तीन वाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कर्मचारीको माग गर्ने वाणिज्य बैंकहरमा एभरेष्ट बैंक,नबिल बैंक र सेन्चुरी बैंक हुन् ।

नबिल बैंकले ५० जना सहायक प्रशिक्षार्थीको माग गरेको छ । स्नातक तह उत्तीर्ण २५ वर्ष मुनिका नेपाली नगारिकले उक्त पदकालागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिती फागुन ७ गते रहेको बैंकले जनाएको छ ।

NCHL

त्यसैगरी एभरेष्ट बैंकले टेलर पदका लागि कर्मचारीको माग गरेको छ । २८ वर्ष नकटेका र प्लस टु उत्तीर्ण गरेकाले उक्त पदका लागि आवेदन दिन पाउने छन् । बिराटनगर,नारायणगढ, बुटवल , नेपालगंज र धनगढीका लागि कर्मचारीको माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

त्यस्तै, सेन्चुरी बैंकले पनि केही कर्मचारीको दरखास्तका लागि आह्वान गरेको छ । बैंकले वरिष्ठ सहायक, सुपरभाइजर,सहायक अधिकृत,अधिकृत, वरिष्ठ अधिकृत , सहायक व्यवस्थापक र डेपुटी म्यानेजरकालागि दरखास्त आह्वान गरेको हो ।

डेपुटी म्यानेजर धनगढी कालागि माग गरिएको हो । त्यसैगरी पोखरा,बिराटनगर,बीरगंज, काठमाडौं र भैरहवाकालागि सहायक व्यवस्थापकको माग गरिएको छ । भोजपुर,सुर्खेत,नारायणगढ , बिर्तामोड, धनगढी, मुस्तांग , डिक्टेल , कोहलपुर , लेटे , ओखलढुंगा , खाँदबारी,इलाम ,घोराही लगायतका स्थानका लागि पनि विभिन्न पदका लागि आवेदन खुलाइएको हो । आवेदनका लागि अन्तिम मिति माघ २८ गते रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x