सिटिजन लाइफद्धारा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । दारी ग्याङ्ग बुटवलको आयोजना तथा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर इश्वर भण्डारीको मुख्य प्रायोजनमा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका ११ प्रगतीनगर स्थीत प्रगती माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

इन्स्योरेन्स कम्पनीका सि.बि.ओ. सुनिल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको उक्त शिविरमा १ सय ७० जनाको रगत परिक्षण तथा २ सय ९० जना दातका रोगीहरुले नि :शुल्क परिक्षण एवम् परामर्श लिएका थिए ।

साथै उक्त कार्यक्रममा १ सय ७० जनाको निशुल्क रगत परिक्षण गरिनुका साथै नेपाल डेन्टल होमका डा सुनिल खरेलबाट २ सय ९० जनाको नि :शुल्क दन्त परिक्षण गरिएको थियो । उक्त कार्यक्रमको संचालन दारी ग्याङ्ग बुटवलका सक्रिय सदस्य जीवन भण्डारीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार