८ अर्बको आईपीओ निष्काशन गर्न अण्डरराइटर चयन

Citizen Life Insurance Co

काठमाडौं । नेपाल कै इतिहासमा सबैभन्दा ठुलो आइपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयर प्रत्याभूतकर्ता (अण्डरराइटर) चयन गरेको छ । बैंकले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतकर्ताको रुपमा चयन गरेको जनाएको छ । बैंकले ८ अर्बको आईपिओ निष्काशन गर्न लागेको छ ।

सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले ८ अर्व बराबरको प्रति शेयर सय रुपैयाँ अंकित दरको आठ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार