IME Life

दोहोरो अंकले घट्यो नेप्से, ५५ कम्पनीका लगानीकर्ताले मात्र कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज १२ दशमलव ०९ अंकले घटेर १३३७ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५७ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको १० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको ६ करोड, नेपाल लाइफ, ज्योति विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ । गरिमा विकास बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स,दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर, नेपाल हाइड्रोपावर, ज्योति विकास बैंक, विजय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स गोर्गाज फाइनान्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताल सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । मल्टिपर्पोज फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रो पावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS