Prabhu Life Ad Final

प्रभु बैंकको नाफामा सामान्य बृद्धि, अन्य अवस्था कस्तो ?

IME PAY

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा प्रभु बैंकले खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिको तुलनामा चार करोडेले नाफामा बृद्धि गर्न सफल भएको छ ।अघिल्लो आ.वमा राईट ब्याकसहित एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष केही रकम प्रोभिजनमा राखेर पनि नाफामा बृद्धि गर्न सफल भएको छ ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा वृद्धि हुँदा खुद नाफा बढ्न गएको हो । बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै १७ करोड रुपैयाँ सञ्चालन नाफा बृद्धि गर्न बैंक सफल भएको छ ।

NCHL

गत पुस मसान्तसम्ममा बैंकले निक्षेप संकलन बढाएर एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ पुराएको छ भने कर्जा प्रवाह ९४ अर्ब ७१ बकरोड रुपैयाँ गरेको छ । चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ८५ करोड रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात १० दशमलव ८० गुणा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x