६०% हकप्रद शेयर निष्काशनको लागि प्रुडेन्सियलको बुक क्लोज मिति तय

Citizen Life Insurance Co

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तय भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले बुक क्लोज मिति तय गरको हो । कम्पनीले कम्पनीले १०:६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर

अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज गरेको हो । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पुस २९ गते स्वीकृती पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार