Prabhu Life Ad Final

माघ २८ गतेबाट नेपाल एसबीआईको ऋणपत्र बिक्री खुला

IME PAY

काठमाडौं । नेपाल एसबीआई बैंकले माघ २८ गतेबाट २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्न लागेको हो । जसममध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा संघसंस्थालाई बिक्री गर्नेछ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ऋणपत्र खुला हुनेछ । यो ऋणपत्रमा फागुन २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ भने सो अवधिसम्म सबै नबिकेमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

NCHL

ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x