IME Life

भारतमा नयाँ बजेटः सरकारी बैंक मर्जर, बैंक–बीमा कम्पनीको शेयर बिक्री गरिने

SPIL
NIC ASIA

काठमाडौं । भारतले नयाँ बजेट सार्वनिक गरेको छ । आगामी चैत्र १९ गतेबाट लागू हुने नयाँ बजेट वित्त मन्त्री निर्मला सितारमणले शनिबार संसदमा प्रस्तुत गरेकी हुन् । संसदबाट पास भएपछि मात्रै बजेट लागू हुनेछ ।

भारतले बजेटमार्फत न्यून आए भएका मानिसको करको दर घटाएको छ भने सरकार स्रोत व्यवस्थापनको लागि बैंक तथा बीमा कम्पनीहरुको शेयर बिक्री गरिने भएको छ ।

Prabhu
Crest

भारत सरकारको लगानी लगानी रहेको आईडिबीआई बैंकको शेयर बिक्री गरिने बजेटमा उल्लेख छ । त्यसैगरी बजेटमा एलआईसी इण्डियाको शेयर बिक्री गर्ने उल्लेख छ । भारतमा उत्पन्न आर्थिक संकट टार्न शेयर बिक्री गर्न लागिएको हो ।

त्यसैगरी, भारतमा सरकारी बैंकहरु मर्जरमा लैजाने पनि बजेटमै व्यवस्था गरिएको छ । पञ्जाव नेशनल बैंक, ओरियन्टल बैंक र युनाईटेड बैंक आपसमा मर्ज गरिनेछ । त्यस्तै, युनियन बैंक अफ इण्डिया, आन्ध्रा बैंकबीचमा मर्ज गरिनेछ भने केनरा बैंक र सिण्डिकेट बैंक पनि मर्जरमा लैजाने बजेट विधेयकमा उल्लेख गरिएको छ ।

भारतीय बजेटमा केही नेपालबाट कपी गरेको जस्तो पनि देखिएको छ । नेपालले निकै पहिलो सुरु गरेको निक्षेप बीमा यस वर्षदेखि भारतमा सुरु भएको छ । अब सबै भारतीय बैंकले पाँच लाख रुपैयाँसम्मको निक्षेप बीमा अनिवार्य गरिएको छ ।

उता, भारतमा अब मध्यस्तरका जनताले तिर्ने करमा विशेष छुट दिइएको छ । यसअघिको पाँचलाख रुपैयाँसम्म आयकर छुटको सुविधासँगै साढे सात लाख रुपैयाँसम्मको आम्दानीको लागि १०.४ प्रतिशत, १० लाख सम्मको लागि १५.६ प्रतिशत, १२.५ लाखसम्मको लागि २०.८ प्रतिशत र १५ लाख बार्षिक आम्दानी गर्ने व्यक्तिका लागि २६ प्रतिशत करको दर तोकिएको छ । साथै करको दर छान्न पाइने व्यवस्था समेत गरिएको छ ।

त्यसैगरी, किसानको लागि विशेष प्याकेज घोषणा गरिएको छ । आगामी तीन वर्षभित्र किसानको आम्दानी दोब्बरले बढाउने प्याकेज ल्याइएको छ । सरकारले किसानका लागि छुट्टै रेल र हवाइजहाज सेवा उपलब्ध गराउने पनि घोषणा गरेको छ ।

भारतमा शनिबार घोषणा गरिएको नयाँ बजेटले नयाँ कार्यक्रमहरु सार्वजनिक गरेपनि सेयर बजारका लगानीकर्ता भने उत्साहित देखिएका छैनन् । आर्थिक वृद्धि लक्ष्य १० प्रतिशत प्रक्षेपण गरेपनि शेयर लगानीकर्ताहरुले भने निराशाजनक बजेट भन्दै आलोचना गरेका छन् । भारतमा दुई दशककै सबैभन्दा ठूलो आर्थिक मन्दी आएको भन्दै सचेतता अपनाउँदै बजेट ल्याइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS