एक्सेल डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

Citizen Life Insurance Co

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७ दशमलव १० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको नगद र कर प्रयोजनको लागि ० दशमलव९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार