IME Life

अजोड इन्स्योरेन्स र सन नेपाल लाईफको आईपिओलाई ग्रेड ४ रेटिङ

SPIL
NIC ASIA

काठमाडौं । साधारण शेयर निष्काशनको लागि केयर रेटिङ नेपालमा कम्पनी रेटिङ गराएका अजोड इन्स्योरेन्स र सन नेपाल लाईफले ग्रेड ४ को स्तर पाएका छन् । अजोड इन्स्योरेन्सले ३० करोड र सन नेपाल लाईफले ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्दैछन् ।

अजोड इन्स्योरेन्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गर्नको लागि रेटिङ गराएको हो । हालै सार्वजनिक गरेको कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको नाफा ८७ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

उता, चुक्ता पुँजि दुई अर्ब पुर्याउन ६० करोड रुपैयाँको आईपिओ जारी गर्ने तयारीमा रहेको सन नेपाल लाईफले केयर रेटिङमा गराएको रेटिङमा ग्रेड ४ पाएको हो । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्दैछ । हाल चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेकोमा आईपिओ जारी गरेपछि दुई अर्ब पुग्नेछ ।

शेयर निष्काशन गर्नुअघि गराएको रेटिङमा औसतभन्दा तल अर्थात ग्रेड ४ रेटिङ पाएका हुन् । केयर रेटिङले सन नेपाल लाईफलाई बजार हिस्सा १.०७ मात्रै भएको तथा १९ वटा जीवन बीमा कम्पनीमध्ये १५ औं नम्वरमा रहेको आधारमा सो कम्पनीले निष्काशन गर्न लागेको आईपिओको लागि ग्रेड ४ दिएको जनाएको छ ।

त्यसैगरी, अजोड इन्स्योरेन्सको आईपिओलाई ग्रेड ४ दिनुको कारण प्रष्ट पार्दै केयर रेटिङले उच्च सञ्चालन खर्च तथा कमिशन बृद्धिलाई मुख्य कारण मानेको छ । बीमा कम्पनीहरुमा ४३ प्रतिशत दावी भुक्तानीको रेसियो रहेको भन्दै बीमा कम्पनीको बजारको भविष्यमाथि चिन्ता जाहेर गर्दै सो रेटिङ दिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS