काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा रोजगारीका लागि आवेदन खुला गरिएको छ । शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
लिमिटेडले ओभरसियर, लेखा अधिकृत , कम्प्युटर अपरेटर, ल्याव टेक्निसियन, कानुन सहायक, हेभि इक्युपमेन्ट ड्राईभर, ईन्जिनियर, केमिष्ट लगायतका कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्त दिने अन्तिम म्याद २१ दिन भित्र रहेको छ । दोब्बर दस्तुर तिरेर अन्तिम मिती पछिको ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ ।
इच्छुक आवेदकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वरको मानव श्रोत विकास शाखामा पेश गर्न आग्रह गरेको छ ।