काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफनो नयाँ एजेन्सी कार्यालय पाल्पाको प्रभासमा संचालनमा ल्याएको छ । उक्त एजेन्सी कार्यक्रम उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठकले बीमा सुखःदुखको साथी भएको हुँदा बीमा सचेतना गाउँ–गाउमा पुर्याउनु पर्नेमा जोड दिईन् ।
उद्घाटन कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका मध्यपश्चिम क्षेत्र प्रदेश ४ र ५ का प्रमुख सुनिल पोखरेल, एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकाल ,पाल्पा शाखा प्रमुख विजय कार्की , उधमसिल सीप विकास केन्द्रका निर्देशक विरबिक्रम सुनार लगायत प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रभास बगैचामा अवस्थित रहेको यस कार्यालयले बीमा क्षेत्रको पँहुचलाई अझ वृहत बनाउने विश्वास लिएको कार्यालयकी एजेन्सी म्यानेजर रिता पाण्डेले बताइन् ।