IME Life

देशैभरि भव्य रुपमा श्रीपञ्चमी मनाइदै

SPIL
NIC ASIA

काठमाडौं । माघ शुक्ल पञ्चमीको दिन पारेर मनाइने श्रीपञ्चमी पर्व आज देशैभरि भव्य रुपमा मनाइदैछ । शिक्षाकी देवी अर्थात सरस्वतीको पूजा गरेर मनाइने पर्व श्रीपञ्चमी देशैभरिका विद्यालय, कलेज तथा विभिन्न कम्पनीहरुमा मनाइदैछ ।

देशैभरिका सरस्वती मन्दिरमा बालबालिका, शिक्षक तथा विद्यार्थी, साना साना नानीहरु गएर सरस्वतिको आराधना गर्दै अक्षर लेख्ने गर्छन् । सामान्यतया बाललिकाले आजैका दिन पहिलो अक्षर लेख्ने गर्दछन् । पूर्वीय सभ्यतामा शक्तिशाली १० देवी मध्येकी एक हुन् सरस्वती । सरस्वतीलाई सिद्धीको रुपमा समेत चिनिन्छन् ।

Prabhu
Crest

श्रीपञ्चमीको अवसरमा काठमाडौंको स्वयम्भुस्थित सरस्वतीदेवीको मन्दिर, काठमाडौंकै हनुमानढोकास्थित नासल चोक तथा त्यस्तै भक्तपुरको निलसरस्वती स्थान, नगरकोटस्थित सरस्वती मन्दिरमा ठूलो भिड लागेको छ ।

सरस्वती बन्दना

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥1॥

शुक्लाम् ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥
हस्ते स्फटिकमालिकाम् विदधतीम् पद्मासने संस्थिताम्‌।
वन्दे ताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम्‌॥2॥

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS