काठमाडौं । नेपालमा पर्यटन प्रबद्र्धनको लागि स्थापना भएको नेपाल पर्यटन बोर्डमा लुक्लाका पर्यटन व्यवसायी धनञ्जय रेग्मी नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई चार वर्षको लागि सिईओमा नियुक्त गरेको हो ।
निवर्तमान कार्यकारी प्रमुख दीपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि नयाँ सिईओको नियुक्तीका लागि गठित उपसमितिले रेग्मी सहित तीन जनाको नाम सिफारिस गरेको थियो । सन् २००६ मा इन्भारोमेन्टल अर्थ साइन्समा जापानको विश्वविद्यालयबाट विद्यावारिधी गरेका रेग्मीसँग जियोग्राफी शिक्षक समेत हुन् ।