नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिको सूचीकृत कम्पनीहरुको वर्गीकरण सावजनिक गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीहरुको वर्गाीकरण गरेको हो ।
जसमध्ये ‘ए’ वर्गमा १२ वटा वाणिज्य बैंक र एउटा विकास बैंक पर्न सफल भएको छ । ‘बी’ वर्गमा कुनै पनि पनि कम्पनीहरु परेका छैनन् । ‘जी’ वर्गमा ३२ वटा कम्पनीहरु रहेको छ । बाँकि जेट वर्गमा परेका छन् ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गनुपेर्न व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नेप्सेले दोस्रो त्रैमासका वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । साथै नेप्सेले नेप्सेको वर्गीकरणमा चित्त नबुझेको खण्डमा ३५ दिन भित्र प्रमाण सहित निवेदन पेश गर्न आग्रह गरेको छ ।