IME Life

स्वदेशी लघुवित्तले कमायो ४ करोड ८२ लाख नाफा

SPIL
NIC ASIA

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८२ दशमलव ४६ प्रतिशतले बढी हो ।

लघुवित्तले पुस मसान्तसम्ममा १५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ३७ लाख बढेर ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

२ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ । समिक्षा अवधिसम्ममा लघुवित्तले १ अर्ब १९ करोड ६ लाख रुपैयाँ निक्षेप र २ अर्ब ६० करोड ६१ लाख रुपैयाँ सापटीबाट ३ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९८ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २१.१० गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS