IME Life

लक्ष्मी बैंकको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । समिक्षा अवधिसम्म बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।

पुस मसान्तसम्ममा बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २४.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३७ लाख खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

९ अर्ब ८१ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, ५९ करोड १८ लाख वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको सञ्चालन मुनाफा २१ करोड ५७ लाख बढेर १ अर्ब २९ करोड ४१ लाख पुगेको छ ।

समिक्षा अवधिसम्ममा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ ।

बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी २९ करोड बढी हो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ । प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS