घरेलु लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

Citizen Life Insurance Co

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य श्रीमती माइली कामीको मृत्यु पश्चात उनको श्रीमान डिल ब. कामीलाई बीमा क्षतीपुर्ती रकम वितरण गरिएको छ ।

निज सदस्य श्रीमती माइली कामीले संस्थाको नियमानुसार संस्थाबाट रु १ लाख रुपैयाँ कर्जा लिएकोमा निजको मृत्यु पश्चात संस्थाले कर्जा बीमा अन्तर्गत आफ्नो नियमानुसार लिर्नुपर्ने कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र काजक्रिया खर्चरु १० हजार बराबरको दिने ब्यवस्था अनुसार उक्त रकम हस्तान्तरण गरीएको थियो ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र उनीहरुलाई आपतकालीन अवस्थामा टेवा पुर्याउने उद्देश्य अनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार