काठमाडौं । मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेके छ । संस्थाले यस अवधिसम्म ८ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशत अर्थात २ करोड १ लाख बढी हो ।
८५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस माइक्रोफाइनान्सको जगेडा कोषमा २६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
पुस मसान्तसम्ममा १ अर्ब ४५ करोड निक्षेप तथा ३ अर्ब ५७ करोड सापटीबाट ५ अर्ब १३ करोड कर्जा लगानी गरेको छ । संस्थाले समिक्षा अवधिसम्ममा २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.४५ प्रतिशत बढी हो ।
चालु आवको दोस्रो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले ११ करोड ७ लाख सञ्चालन मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८९ प्रतिशत मात्र बढी हो ।
निष्क्रिय कर्जा १.८७ प्रतिशतबाट घटेर १.८० प्रतिशतमा सीमित भएको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ १८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३५ पैसा कायम भएको छ ।