IME Life
Beema Board

दुई विकास बैंकको नगद लाभांश शेयधनीको बैंक खातामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुई विकास बैंकले नगद लाभांश आफ्नो शेयधनीको बैंक खातामा पठाएको छ । कञ्चन डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएका हुन् ।

कञ्चन डेभलपमेण्ट बैंकले माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा ६ प्रतिशत लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २९ गते सम्पन्न दशौं वार्षिक साधरण सभाले उक्त लाभांश पारित गरेको हो ।

Prabhu
Crest

त्यस्तै, कैलाश विकास बैंकले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा २ दशमलव ७७ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २५ गते सम्पन्न २६ औं साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता समेत अद्यावधिक गर्न दुवै बैंकले अनुरोध गरेका छन् । दुवै बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

साथै, कञ्चन डेभलपमेण्ट बैंकको शेयर पुस १३ गतेसम्म र कैलाश विकास बैंकको पुस ९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने र सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने बैंकको सूचनामा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS