IME Life

राष्ट्रिय बीमा कम्पनीका सञ्चालक उप्रेती दोहोरो भूमिकामा, आफै बायोडाटा ल्याउने आफै उजुरी हाल्ने

SPIL
NIC ASIA

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारणको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका अशोक कुमार उप्रेतीले दोहोरो भूमिका खेल्दै आफैले सिफारिस गरेको सञ्चालकका विरुद्धमा दावी नपुग्ने उजुरी बीमा समितिमा दर्ता गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले बिज्ञ सदस्यको रुपमा यादवमणि उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्धमा सञ्चालक उप्रेतीले बीमा समितिमा उजुरी दर्ता गरेका हुन् । बिज्ञ सञ्चालक महिला नै हुनुपर्ने उनको दावी हास्यास्पद रहेको देखिएको छ भने अर्को रोचक कुरा आफैले सञ्चालक नियुक्तीका लागि बायोडाटा ल्याएको व्यक्तिविरुद्धमा दावी नपुग्ने उजुरी गरेको खुलेको छ ।

Prabhu
Crest

सञ्चालक समितिको बैठकमा केही नबोलेको सञ्चालक उप्रेतीले निर्णय भएको ११ दिनपछि अर्थात पुस २४ गते नोट अफ डिसेन्ट पत्र राष्ट्रिय बीमा कम्पनीमा बुझाए । उनले कम्पनी ऐन २०६३ दफा ८६ (२) बमोजिम महिला सञ्चालक सदस्य नभएको भन्दै लिखित असहमति पत्र बुझाएका थिए । त्यति मात्रै होइन, यही माघ ५ गते उनले बीमा समितिमा एक उजुरी पत्र दर्ता गराएका छन् । जसमा आफै सञ्चालक रहेको राष्ट्रिय बीमा कम्पनीको बोर्ड बैठकले गरेको निर्णय गैर कानुनी भएको दावी गरिएको छ ।

इन्स्योरेन्स खवरलाई प्राप्त जानकारी अनुसार राष्ट्रिय बीमा कम्पनीमा गत पुसमा बिज्ञ सञ्चालकको रुपमा नियुक्त भएका बोर्ड सञ्चालक यादवमणि उपाध्यायको बायोडाटा सञ्चालक उप्रेतीले नै तत्कालिन सिईओ बीरविक्रम रायमाझीलाई पेश गरेका हुन् । उनले बीमा क्षेत्रमा दख्खल भएको भन्दै नियुक्तीका लागि उपयुक्त पात्र भएको भन्दै लविङ समेत गरेका थिए । एक वर्षअघि पेश गरिएको सो बायोडाटा अनुसार उपाध्यायलाई बिज्ञ सञ्चालकको रुपमा नियुक्ती गर्ने प्रक्रिया राष्ट्रिय बीमा कम्पनीमा अध्यक्ष तथा सिईओ परिवर्तन भएका कारण रोकिएको थियो । यही बीचमा गत पुस १३ गते यादवमणि उपाध्याय राष्ट्रिय बीमा कम्पनीको विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गर्यो । तर, बायोडाटा ल्याउने सञ्चालक उप्रेतीलाई के कुराको चित्त बुझेन र नियुक्त भएको ११ दिनपछि नोटअफ डिसेन्ट पत्र बुझाए अनि बीमा समितिमा उजुरी गरे भन्ने प्रश्न अनुत्तरित छ । ‘सुरुमा आफैले योग्य भन्दै बायाडाटा बुझाउने अनि अहिले फेरि गलत र गैर कानुनी भन्ने कार्यशैली, नैतिकता ठीक भएन’ एक सञ्चालकले भने ।

यसैबीच, राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले सञ्चालक उप्रेतीको दावी विधिसम्मत नभएको बताएका छन् । यादवमणि उपाध्यायलाई स्वतन्त्र सञ्चालक वा अन्य कुनै सञ्चालकको कोटामा नियुक्त गरेको नभई बिज्ञ सञ्चालकको रुपमा आवश्यक प्रक्रिया पूरा गरेर योग्य व्यक्तिलाई नियुक्त गरेको दावी गरे । साथै उनले महिला सञ्चालको कोटा रिक्त रहेको र आगामी साधारणसभाबाट महिला सञ्चालक नियुक्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै अध्यक्ष उपाध्यायले भने, ‘कम्पनी ऐन बमोजिमको सञ्चालक पदमा महिला नियुक्त गर्नुपर्ने कुरा अघिल्लो साधारणसभाबाट नभएको र आगामी साधारणसभाबाटै विधिसम्मत तरिकाले महिला सञ्चालक चयन गरिनेछ ।’ सात जना सञ्चालक रहने राष्ट्रिय बीमा कम्पनीमा एक पद रिक्त छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS