IME Life

साप्ताहिक बीमा समीक्षाः प्रभु बैंकको अबैध बीमा व्यवसायदेखि नेपाल लाईफको शेयरमा उछालसम्म

SPIL
NIC ASIA

काठमाडौं । यो साता बीमा बजारमा बीमा कम्पनीहरुको शेयर मूल्यमा आएको उच्च बृद्धि र प्रभु बैंकले अबैध रुपमा बीमा व्यवसाय सञ्चालन गरेको विषय मुख्य रुपमा चर्चामा रह्यो । त्यसैगरी, युनाईटेड इन्स्योरेन्स नयाँ जोशका साथ अघि बढ्ने उद्घोष गर्दै नयाँ अध्यक्षले कार्यभार सम्हालेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका प्रथम अध्यक्ष स्व. इन्द्रभक्तले संस्थागत गरेको एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ औपचारिक रुपमा सिधैं बीमा क्षेत्रको व्यवस्थापनमा होमिएको सन्दर्भ बीमा क्षेत्रमा चर्चा र बहसको विषय बनेको छ ।

साताको पहिलो दिन प्रभु बैंकले प्रदेश नं २ सरकारसँग सम्झौता गरी बीमाको नाममा मुद्दति निक्षेपको खाता खोली अबैध रुपमा बीमाको व्यवसाय गरेको विषयले प्रवेश पाएको थियो । सो विषय अझै टुंगिसकेको छैन । बीमा समितिले प्रभु बैंकलाई बीमा व्यवसायको लागि अनुमति नदिएको प्रष्ट पार्दै कारवाहीको दायरा राष्ट्र बैंकभित्र पर्ने प्रष्ट पारिसकेको छ ।

Prabhu
Crest

साताको दोस्रो दिन, महालक्ष्मी लाईफले सामूहिक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेर जीवन बीमा क्षेत्रमा नयाँ प्रडक्ट लन्च गरेको थियो । त्यस्तै बीमा सम्बन्धी गीतको बिमोचन गरिएको विषय मुख्य रुपमा चर्चामा रहे । त्यस्तै मंगलबार पुलबाट सञ्चालन गर्ने भनिएको तेस्रो पक्ष बीमाको मोडालिटी बन्न नसकेको लगायतले विषयले बीमा क्षेत्रमा प्रवेश पाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमको डेढ लाख बेरोजगारको बीमा गरिएको विषय चर्चामा रहेको थिए ।

त्यस्तै साताको उत्तराद्र्धमा पुनर्बीमा कम्पनीको पुँजि घटाउने सम्बन्ध पाटन उच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ । त्यस्तै बीमाको जोखिम बहन न्यूनिकरणका तरिका सम्बन्धमा चर्चा र बहस भयो । बिहिवारसम्म आईपुग्दा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य आएको बृद्धि तथा चालु आवको छ महिनामा करिब ४६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथा निर्जिवन बीमा कम्पनीहरुले १३ अर्बभन्दा बढि बीमा शुल्क आर्जन गरेको तथ्य बाहिर आएको थियो । साताको अन्तिम दिन आइपुग्दा बीमा समितिले बीमा दावी भुक्तानी निर्देशिकामार्फत व्यवस्थित गर्न खोजेको विषयले चर्चा पाएको छ । बीमा समितिले बहुपक्षिय छलफलमार्फत लागू गर्न लागेको सो निर्देशिका हाल छलफलकै चरणमा रहेको छ ।

अध्यक्ष रविभक्त श्रेष्ठ, युनाईटेड इन्स्योरेन्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS