Prabhu Life Ad Final

यो साता १२ अंकले घट्यो नेप्से, अरु के भयो बजारमा ?

IME PAY

काठमाडौं । यो साता शेयर बजारमा गिरावट आएको छ । गत साताको तुलनामा यो साता शेयर बजार १२ दशमलव ७७४७ अंकले घटेको हो । गत साता १३१०.२३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२९७.४७६३ अंकमा कायम भएको छ ।

यो साता दोस्रो बजारमा २ करोड ५१ लाख कित्ता शेयर खरिदविक्री हुँदा ८५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लोे साता दोस्रो बजारमा २ करोड ११ लाख ९७ हजार कित्ता शेयर खरिदविक्री हुँदा ६६ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

NCHL

यो साता ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ८० करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ४८ करोड २७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २६ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंकको २४ करोड ५४ लाख रुपैयाँ, हिमालप बैंकको प्रोमोटर शेयर २४ करोड ४६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २४ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको २४ करोड १६ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो साता एउटा कम्पनीको मात्रै शेयर नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि सूचिकृत भएको छ । प्रभु बैंकको १० लाख कित्ता डिबेञ्चर सूचिकृत भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x