Prabhu Life Ad Final

नेप्से ७ अंकले घट्दा अर्बमाथिको कारोबार जीवन बीमा उपसूचक बाहेक सबै रात्ताम्मे

IME PAY

काठमाडौं । आज शेयर बजार नेप्से ७ दशमलव ०५ अंकले घटेर १,३१३ दशमलव ४२ को विन्दुमा कायम भएको छ । कारोबार खुला भएको एक घण्टामा शेयर बजार नेप्से ५ अंकले घटेको थियो । नेप्से परिसूचक ५ अंकले घटेर १,३१४ दशमलव ८८ को विन्दुमा कायम भएको थियो ।

कारोबार खुलेको एक घण्टामा फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसूचकमा गिरावट आएको थियो । तर कारोबार बन्द हुँदा लाइफ इन्स्योरेन्स उपसुुचक बाहेक सबै उपसूचक रात्तामै देखिएको छ । जीवन बीमा समुह २ दशमलव ३२ प्रतिशतले बढेको छ ।

NCHL

पछिल्लो समय जीवन बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको चासो बढेको छ ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ४९ लाख १४ हजार ४ सय ३७ कित्ता शेयर किनबेच हुदा १ अर्ब ५८ करोड १३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ६१ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ९ करोड रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ६९ लाख, एशियन लाइफ ५ करोड, प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी आज एशियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै पाँचथर पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् । कञ्चन डेभलपमेन्ट र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x