IME Life

एलआईसीकी पुष्पाले २० दिनमा पूरा गरिन् एमडीआरटीको लक्ष्य

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोशन नेपालकी अभिकर्ता पुष्पा केसीले २० दिनमै ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी एमडीआरटी २०२१ को लक्ष्य पूरा गरेकी छिन् ।

नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमध्ये मिलियन डलर राउण्ड टेवल (एमडिआरटि) मा एलआईसी नेपालले सदस्यता लिइसेकोले केसी आगामी वर्षको लागि एमडिआरटीको लक्ष्य पूरा गरेकी हुन् । २०६५ सालदेखि लाइफ इन्स्यारेन्स कर्पोशन एलआइसी (नेपाल)मा आवद्ध भएकील केसीले छोटो समयमा नै ठूलो मात्रामा बीमा कारबार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

लामो समयदेखि बीमा अभिकर्तामा सक्रिय केसीले चेयरम्यान अवार्ड, सिओटी, टिओटी, बीमारत्न, बीमा सम्राट जस्ता अर्वाड प्राप्त गरिसकेकी उनले विभिन्न देशको भम्रण समेत गरिसकेकी छिन् ।

हाल बानेश्वर शंखमुल बस्दै आएकी केसीले २० दिनमै एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएको कम्पनीले जनाएको छ । उनले हाल नेपालगञ्ज र वानेश्वर दुवै ठाँउबाट काम गरिरहेकी छिन् ।हरेक वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिमसम्ममा एक वर्षमा ४४ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्ने अभिकर्ता एमडिआरटीमा छनौट हुने प्रावधान रहेको उनले बताईन् ।

केसीले २० दिनमा कूल २५ पोलिसी बिक्री गरी  ४५ लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको इन्स्योरेन्स खवरलाई बताईन् । उनी २००९ देखि एमडिआरटिमा निरन्तर रुपमा चयन भईरहेकी छिन् ।

कसरी सफल भईन् त २० दिनमै एमडिआरटिमा चयन हुन

तीन बर्षअघि बाग्लुङमा बीमा गराएका बीमीतको दाबी भुक्तानी पश्चात् बीमाको महत्ववारे अझ प्रकाश भएको भन्दै त्यहाँ बीमा गराउनेको सङ्ख्या बढेको उनले इन्स्योरेन्स खबरलाई जानकारी दिईन् ।
जापानमा रोजगारीको शिलशिलामा गएका बीमीतले ४२ लाख रुपैयाँ बराबरको बीमा गरेको थियो, ४ कित्ता रकम समेत उनले तिरिसकेका थिए । उनको मृत्यु पश्चात् कम्पनीले उनको परिवारलाई ४७ लाख ९२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

बीमा गरेपछि भावि जीवनमा हुने अनिश्चित जोखिम र आश्रीत परिवारलाई समेत राहत मिल्ने भएको कारण उक्त क्षेत्रका स्थानिय वासीन्दाहरुलाई उनले ९ वटा पोलिसीहरु बिक्रि गराउन सफल भएका थिए ।बाग्लुङवासीले बीमाको महत्वको बारेमा बुझेर बीमा गरेकोमा आफू निकै खुशी रहेको र एमडिआरटिमा २० दिनमा नै सफलता हासील गर्नुमा दाबी भुक्तानीले पनि ठूलो भूमिका रहेको उनले बताइन् ।

एमडिआरटीमा सहभागी हुने तरिका

सदस्यता लिएको कम्पनीले टार्गेट पूरा गर्न सफल इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थाले तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले सहभागी हुन पाउने व्यवस्था रहेको छ । उक्त संस्थामा आवद्ध हुनेहरुले अमेरिकी ५५० डलर सहित दर्ता शु्ल्क पेश गर्नुपर्ने हुन्छ र एमडिआरटी नम्वर पाईन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS