Prabhu Life Ad Final

३ अंकले बढ्यो नेप्से, अर्बमाथिको कारोबार हुँदा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

IME PAY

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव ३६ अंकले बढेर १,३२० दशमलव ४७ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, निर्जीवन बीमा समुह, जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा १ सय ८३ कम्पनीको ४४ लाख ५५ हजार ५ सय ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

NCHL

धेरै कारोबार हुने १० कम्पनी :आज सबैभन्दा धेरै हिमालयन बैंक प्रोमोटर शेयरको २४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिीटीलरीको १० करोडमाथिको कारोबार भएको छ ।एनआइसी एशियाको ९ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ यनस्योरेन्स कम्पनीको ६ करोड २० लाख रुपैयाँ, सिवम् सिमेन्टको ५ करोड ७० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोडमाथिको, ग्लोबल आइएमई बैंक, सानिमा बैंक प्रोमोटर शेयर, गुराँस लाइफ इन्स्योरेन्सको ३ करोडमाथिको कारोबार भएको छ ।

धेरै बढेका १० कम्पनी : सबैभन्दा धेरै गुराँस लाइफ इस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई बैंक, पाँचथर पावर कम्पनी, स्पर्स लघुवित्त, सामुदायिक लघुवित्त, वेष्ट फाइनान्स, कालिका पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

धेरै घट्ने १० कम्पनी :सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले६ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, माहुली सामुदायिक लघुवित्त, आइसीएफसी फाइनान्स, सिनर्जी पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x